चैत ३,२०८२ / ०२ : ५९ अपरान्ह / 2026-03-17 02:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एशिया कप: नेपालले तेस्रो खेल मलेशियासँग खेल्ने

      - ७ वर्ष अगाडि
      भाद्र १५,२०७५

      काठमाडौँ,  एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले  तेस्रो खेल शनिबार आयोजक मलेशियासँग खेल्दैछ ।  

      जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स ९युएइ०सँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल खेलको मलेशियाले  दुई अङ्क जोडेको छ । मलेशियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो । 

      प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । युएई चार अङ्कसहित शीर्षस्थानमा छ । युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ । एक÷एक खेलमा विजयी हङ्कङ र मलेशिया दुईरदुई अङ्कका साथ क्रमश  तेस्रो र चौथो स्थानमा छन् । नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ । 

      छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र युएई आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन दुईमा छ । ओमन र सिङ्गापुर डिभिजन तीनमा तथा मलेसिया डिभिजन चारमा छ ।

      छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली एशिया कपमा सहभागि हुन पाउनेछ । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d