काठमाडौं , रियल मड्रिडका लुका मोडरिक युरोपको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
रियलका मिडफिल्डर मोडरिकले पूर्वटिममेट क्रिष्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै यूईएफए प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।
रियलले लगातार तीन सिजन च्याम्पियन्स लिग जित्दा मोडरिक र रोनाल्डो दुबै टिममा थिए । तर, मोडरिकको कप्तानीमा क्रोएसियाले विश्वकपको फाइनलसम्म यात्रा तय गरेपछि उनी उत्कृष्ट खेलाडीको हकदार बनेका हुन् ।








