चैत ३,२०८२ / ०२ : ५२ अपरान्ह / 2026-03-17 02:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालको दोस्रो हार, एसिया कप छनोटमा यूएईसँग पनि हार्‍यो

      - ७ वर्ष अगाडि
      भाद्र १४,२०७५

      काठमाडौं, नेपालले एसीसी एसिया कप छनोट खेलमा लागतार दोस्रो हार बेहोरेको छ । 

      किननरा ओभलमा बिहिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएईं) सँग ७८ रनले पराजित भएको हो । नेपाल यसअघि बुधबार ओमानसँग ७ विकेटले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपालको एसिया कप खेल्ने सम्भावना झिनो बनेको छ । छनोटको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

       युएईंले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ७६ रनमात्र बनाउन सक्यो । नेपालका लागि ओपनर सुवास खकुरेलले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । दीपेन्द्रसिंह ऐरीले ४० रन जोडे । कप्तान पारस खड्का १६ रनमा आउट भए । 

      ओमानविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका सागर पुन ३ तथा ज्ञानेन्द्र मल्ल ४ रनमै आउट भए । यस्तै आरिफ शेख ३ रनमा तथा करण केसी शुन्य रनमै आउट भए । नवौं विकेटको लागि सोमपाल कामी र बसन्त रेग्मीले ३४ रनको साझेदारी गरेपनि नेपाललाई जित दिलाउन सकेन । बसन्त १२ रनमा आउट भए । सोमपाल कामी २७ रनमा नटआउट तथा सन्दीप लामिछाने २ रनमा आउट भए । युएईंका अहमेद राजाले ४ तथा मोहम्मद नाभिदले ३ विकेट लिए ।

       यस्तै अमिर हायातले दुई तथा अस्पाक अहमेदले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईंले ९ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक पुरा गरे । ९१ बल खेलेका चिगारले ७ चौका र १ छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रन बटुले । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । 

      वेस्ट इन्डिजमा सिपिएल खेलेर सिधै मेलेसिया पुगेका सन्दीपले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेका थिए । ओमानसँगको खेलमा महंगो साबित भएका बसन्त रेग्मी र सोमापाल कामीले समान २ विकेट लिए । छनोटमा रहेका ६ टोली मध्येको विजेता यसै महिना सुरु हुने एसिया कपको लागि छनोट हुनेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d