चैत १,२०८२ / ११ : १७ पूर्वान्ह / 2026-03-15 11:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      सन्दीपको ४ विकेटसंगै नेपाललाई २ सय ५५ रनको लक्ष्य

      - ७ वर्ष अगाडि
      भाद्र १४,२०७५

      काठमाडौं, नेपालले एसिया कप छनोटको दोस्रो खेलमा २ सय ५५ को लक्ष्य प्राप्त गरेको छ । मलेसियामा जारी छनोटको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध संयुक्त अरब इमिरेट्स ९युएई० ले ९ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको थियो ।

      युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक पुरा गरे । ९१ बल खेलेका चिगारले ७ चौका र १ छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रन बटुले । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

      वेस्ट इन्डिजमा सिपिएल खेलेर सिधै मेलेसिया पुगेका सन्दीपले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेका थिए । ओमानसँगको खेलमा महंगो साबित भएका बसन्त रेग्मी र सोमापाल कामीले समान २ विकेट लिए ।

        सम्बन्धित समाचारहरु