काठमान्डौ, एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ । इण्डोनेसियामा जारी १८ औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री प्रतिस्पर्धाको अन्तिम चरणको खेलमा नेपालले आज रजत हात पारेको हो ।
पहिलो पटक एशियाली खेलकूद (एशियाड)मा सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले आज नेपाललाई रजत पदक दिलाएसँगै एशियाडमा नेपालको यो दोस्रो उच्च उपाधी हो । यसअघि सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३औँ एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् ।
थाइल्याण्डको बैंककमा १९९८ मा तेक्वान्दो खेलाडी राजभण्डारीले जितेको रजतपछि अर्को रजत पदक जित्न नेपाललाई २० वर्ष कुर्नुपर्यो । नेपालले कूल १६ संस्करण खेल्दासम्म एशियाडमा स्वर्ण पदक भने जित्न सकेको छैन ।








