चैत १,२०८२ / ११ : १७ पूर्वान्ह / 2026-03-15 11:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      एसियाली खेलकुद :प्याराग्लाइडिङमा नेपाललाइ रजत पदक

      - ७ वर्ष अगाडि
      भाद्र १३,२०७५

      जाकार्ता , इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ ।  एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो ।

      गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ अंकले मात्रै पछि प¥यो । पाँचौ राउन्डको खेल सकिदा नेपालले ११  हजार ३ सय ६४ जोडेको छ । पहिलो स्थानमा रहेको जापानले ११ हजार ३ सय ९१  अंक जोड्यो ।

      प्यारग्लाइडिङमा रजत जितसँगै नेपालले एसियाडमा रजतपदक सङ्ख्या दुई पु¥याएको छ । यसअघि तेक्वान्दोकी सविताराज भण्डारीले रजतपदक दिलाएकी थिइन् ।

      क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । शीर्ष स्थान रहेको जापानका दुई खेलाडीले टास्क पुरा गर्न सकेनन् । नेपालले यसअघिका एसियाडमा तेक्वान्दो, बक्सिङ र करातेबाट गरी २३ पदक जित्न सफल भएको थियो ।

      प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुनेछन् । उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् । टिममा बिमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापा छन् ।

        सम्बन्धित समाचारहरु