चैत ३,२०८२ / ०२ : ५२ अपरान्ह / 2026-03-17 02:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल द्वरा ओमान लाई २२२ रनको लक्ष्य प्रस्तुत , सागर को उत्कृष्ट प्रदर्शन

      - ७ वर्ष अगाडि
      भाद्र १३,२०७५

      काठमाडौं । एसीसी एसिया कप  छनोट अन्र्तगत नेपालले ओमान लाई २२२ रन को लक्ष्य दिएको छ। 

      क्लालालम्पुरस्थित वायुमास ओभलमा सुरु भएको खेलमा टस जितेर ओमानले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो  ।

      नेपाल र ओमान डिभिजन स्तरका चिरप्रतिद्वन्द्वी हुन् । सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो ।

      अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन् । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन ।

      सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ वर्षपछि खेल्दा नेपाल ६ विकेटले विजयी भएको थियो ।

      अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो । त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ ।

      जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटले नेपाल पराजित भएको थियो भने २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।Nepal Vs Oman ODI 2018

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d