चैत १,२०८२ / ११ : १७ पूर्वान्ह / 2026-03-15 11:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      घरेलु मैदानमा युनाइटेड ३-० ले पराजित

      - ७ वर्ष अगाडि
      भाद्र १२,२०७५

      म्यानचेस्टर ,इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार रातीको खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गरेको छ । खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

      घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेडले पहिलो हाफ निकै राम्रो प्रदर्शन गरेको थियो । रोमेलु लुकाकुले पहिलो हाफमा सुवर्ण अवसर खेर फालेका थिए । गोलरक्षक समेत बिट भइसकेको अवस्थामा उनले खाली पोस्टमा गोल गर्न नसक्दा युनाइटेड अग्रता लिनबाट चुकेको थियो । प्रशिक्षक जोसे मोउरिन्होले एलेक्सिस सान्चेजलाई बेन्चमा राखेपछि युनाइटेड आक्रमणमा केहि फितलो देखिएको थियो ।

      दोस्रो हाफको सुरुमै टोटेनहमले अग्रता लिन सफल भयो । काइरान ट्रीपिएरको कर्नरमा फरवार्ड ह्यारी केनले हेडरमार्फत गोल गर्दै पाहुना टोलीलाई अगाडी बढाए । त्यसको दुई मिनेटमै लुकास मोउराले गोल गर्दै स्पर्सको अग्रता दोब्बर पारे । खेलको अन्त्यतिर मोउराले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को जित पक्का गरे । खेल अवधिभर युनाइटेडको डिफेन्सले लगातार गल्ति गर्दा स्पर्सलाई खेलमा अगाडी बढ्न सहज भएको थियो ।

      यस जितसँगै टोटेनहम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष ४ स्थानमा रहेका लिभरपुल, टोटेनहम, चेल्सी र वाटफर्ड सबैले लगातार तीन जित दर्ता गरेका छन् । युनाइटेड भने लगातार दोस्रो हारसँगै अंक तालिकामा उक्लन सकेन ।

        सम्बन्धित समाचारहरु