काठमाण्डौ, मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको तयारीमा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आईतबार कोल्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेलेको छ ।
टस जितेर ब्याटिंग गरेको कोल्टस् क्रिकेट क्लबले ४९.५ ओभर खेल्दै अल आउट भएर नेपाल लाई २१७ रनको लक्ष्य दिएको थियो ।
कोल्टस्का लागि हसन हेवा नायकेले ५९ रन बनाए । आयना श्रीवाडनेले ३६ रन बनाए । मदुरा लकमलले ३१ रन तथा विश्व चतुराङ्गाले २६ र क्रिसन नाथले २४ रन जोडे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । करण केसी र सागर पुनले समान २ विकेट तथा ललित भन्डरीले एक विकेट लिए ।
२ सय १७ रनको विजयी लक्ष्य पाएको नेपालले ४३.४ ओवर खेल्दै आफ्नो लक्ष्य पुरा गरेको थियो नेपालको लागि पारस खड्काले ५५ बल खेल्दै ५८ रन को योगदान दिए र त्यसै गरि ज्ञानेन्द्र मल्लले ४५ र दिपेन्द्र सिंग ले ५२ रन बनाए । यसखेलसँगै नेपाली क्रिकेट टोली सोमबार मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोटमा
नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।








