काठमाण्डौ, मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको तयारीमा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आईतबार कोल्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेलिरहेको छ ।
कोल्टस् क्रिकेट क्लब ४९.५ ओभर खेल्दै अल आउट भएर नेपाल लाई २१७ रनको लक्ष्य दिएको छ ।
कोल्टस् बिरुद्धको खेल पछि सोमबार अर्थात भोली नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।








