चैत १,२०८२ / ११ : १९ पूर्वान्ह / 2026-03-15 11:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      ६ अंकसहति शीर्ष स्थानमा बार्सिलोना

      - ७ वर्ष अगाडि
      भाद्र १०,२०७५

      स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले कठिन जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो ।

      भालाडोलिडको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेलेले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

      लुइस स्वारेजले गोल गरेपनि रेफ्रीले उनको गोललाई मान्यता दिएन । बार्सिलोनाका केही सुन्दर मौकाहरु भालाडोलिडका गोलरक्षकले बचाएको थियो । यता भालाडोलिडले पनि गोल गर्ने केही सुन्दर मौकाहरु खेर फालेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना १–० ले विजयी हुन सफल भयो । बार्सिलोनाको यो लगातार दोस्रो जित हो । जितसँगै बार्सिलोना ६ अंकसहति शीर्ष स्थानमा रहेको छ ।

        सम्बन्धित समाचारहरु