चैत १,२०८२ / ११ : १९ पूर्वान्ह / 2026-03-15 11:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      फुटबलमा ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

      - ७ वर्ष अगाडि
      भाद्र ८,२०७५

      काठमाण्डौ,साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रबार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ । 

      यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो । अन्यत्र धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो । यो प्रविधिले साफको मात्र नभइ नेपाली फुटबलको विकासमा सघाउ पुग्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए । 

      यो प्रविधिको प्रयोगले खेलाडीको सम्पूर्ण अभिलेख राख्छ, अभ्यासमा खेलाडीको प्रतिक्रिया, गति र सीपबारे जानकारी दिन्छ । थाइल्याण्डमा १० दिने प्रशिक्षण र एशियन गेम्सबाट फर्किएपछि नेपाली टोलीले बिहीबारदेखि अभ्यास शुरु गरेको छ । साफको लागि २९ खेलाडी बन्द प्रशिक्षणमा छन् । साफ च्याम्पियनसीपको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेलेर साफको शुरुआत गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् । 

        सम्बन्धित समाचारहरु