चैत ३,२०८२ / ०३ : ०९ अपरान्ह / 2026-03-17 03:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अठारौ एशियाली खेलकूद अन्तर्गत भलिबलमा नेपाल र कोरिया बिच प्रतिस्पर्धा हुँदै

      - ७ वर्ष अगाडि
      भाद्र ८,२०७५

      काठमाण्डौ,इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत  कोरियासँग नेपालका पुरुष खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् । 

      समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि शुक्रबारको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताउँछन् । 

      एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो । 

      नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक रहेका छन् । प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, लेस्ली दि जोञ्जे व्यलनभ र व्यवस्थापकमा भरतबहादुर शाह रहेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d