चैत १,२०८२ / ११ : १९ पूर्वान्ह / 2026-03-15 11:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      एसिया कप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाल ६७ रनले विजयी

      - ७ वर्ष अगाडि
      भाद्र ६,२०७५

      काठमाडौँ,   श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली आज पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । 

      श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८९ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले ११८ बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतले ८९ रन जोडेका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २१, सुवास खकुरेल १०, रोहितकुमार पौडेलले १२, विनोद भण्डारीले १६, ललित भण्डारीले ११ र वसन्त रेग्मीले १६ रन बनाए । 

      १९५ विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको श्रीलङ्का आर्मी स्पोर्ट्सले ३६.१ ओभरमा १२७ रन बताउँदा सबै विकेट गुमायो । 

      श्रीलङ्का आर्मी स्पोर्ट्सलाई १२७ रनमै सीमित गर्न सोमपाल कामी र वसन्त रेग्मीले समान तीन तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई, ललित भण्डारी, ललितनारायण राजवंशीले एक एक विकेट लिएका थिए । 

      दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग तथा अन्तिम अभ्यास खेल श्रीलङ्काको कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ । यही भदौ ११ गते नेपाली टोली श्रीलङ्काबाट मलेशिया प्रस्थान गर्ने टोली व्यवस्थापक रकम शिवाकोटीले जानकारी दिए । 

        सम्बन्धित समाचारहरु