चैत १,२०८२ / ११ : १९ पूर्वान्ह / 2026-03-15 11:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      पौडीमा नेपाल कमजोर, गौरी पराजीत भईन्

      - ७ वर्ष अगाडि
      भाद्र ६,२०७५

      काठमाण्डौ,इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत बुधबार  भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरण बाटै  बाहिरिएकी छन् । 

      हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२।३२ सेकेण्डले पछि परिन् । यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् । अब उनले शुक्रबार महिला ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । बुधबारै भएको १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका शुभम् श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए । उनी आफ्नो हिटमा आठ खेलाडीमध्ये तेस्रो भएका थिए । एक मिनेट ११।३७ सेकेण्डमा निर्धारित दूरी पार गरेका उनी समग्रमा २७ औँ स्थानमा रहे । यो स्पर्धामा ३२ खेलाडीले भाग लिएका थिए । 

      अब पौडीमा शिरिष गुरुङले १०० मिटर फ्रिस्टायलमा बिहीबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै टिशा शाक्यले ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

        सम्बन्धित समाचारहरु