चैत १,२०८२ / ०९ : ४२ पूर्वान्ह / 2026-03-15 09:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      १८ औँ एशियाड खेलकूद अन्तर्गत भलिबल खेलमा नेपाल पराजित

      - ७ वर्ष अगाडि
      भाद्र ६,२०७५

      काठमाण्डौ,जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । 

      भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिए । 

      हारका बाबजुद नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक भट्टले बताए । “चाइनिज ताइपेइ हामीभन्दा निकै बलियो टोली हो, हारे पनि हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो ।” एशियाडमा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली खेलकूद ९एशियाड० मा सहभागिता जनाएको हो । नेपालले भलिबलमा पछिल्लो पटक सन् १९८४ मा दक्षिण कोरियाको सिओलमा आयोजित एशियाडमा सहभागी भएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो । 

      नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज, गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक छन् । प्रशिक्षकमा जगदीश भट्ट, लेस्ली दि जोन्जे र व्यवस्थापकमा भरतबहादुर शाह रहेका छन्। 

        सम्बन्धित समाचारहरु