चैत १,२०८२ / ०९ : ४३ पूर्वान्ह / 2026-03-15 09:43 am
      • param ad
      • furniture
      • veera Incorporation

      सीपिएल अन्र्तगत गयराति भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदशन

      - ७ वर्ष अगाडि
      भाद्र ६,२०७५

      काठमाडौं, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेविन प्रिमियर लिग (सीपिएल) मा उच्च प्रदर्शनलाई निरन्तता दिएका छन् ।

       सीपिएल अन्र्तगत गयराति भएको खेलमा सेन्ट लुसियामाथिको ७ विकेटको सहज जितमा सन्दीपले महत्वपूर्ण दुई विकेट लिन सफल भएका हुन । सन्दीपले दुई ओभर बलिङ गर्दै १३ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए । 

      उनले डेभिड वार्नरलाई कट एन्ड बोल्ड तथा अहमेद क्वेजलाई आउट गरे । सीपिएलमा सन्दीपको यो सातौ विकेट हो । यसअघिका तीन खेलमा सन्दीपले ५ विकेट लिन सफल भएको थियो । सेन्ट लुसिया स्टारले दिएको ७० रनको झिनो लक्ष्य सेन्ट किट्सले ८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । 

      यसअघि डारेन सामी नेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सेन्ट लुसिया १२ ओभर ३ बलमा ६९ रनमा समेटिएको थियो ।

        सम्बन्धित समाचारहरु