काठमाडौं,मलेसियामा हुने एसिया कप क्रिकेट छनोटको तयारीका लागि श्रिलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रिलंकन आर्मी क्रिकेट क्लब सँग अभ्यास खेल खेल्दै छ ।
श्रिलंकन किक्रेट आर्मी क्लबको मैदान पानागौडामा बिहान सवा १० बजे प्रतिस्पर्धा सुरु हुने छ । श्रिलंकन प्रथम श्रेणीको क्लबमा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलडी समेत रहेका छन । यद्धपी उनीहरु नेपाल बिरुद्धको अभ्यास खेलमा मैदान उत्रने सम्भावना भने न्युन देखिएको छ ।
अभ्यास खेल ५० ओभरको हुने छ । साताव्यापी अभ्यासका लागि श्रिलंकामा रहेको नेपाली टोलीले श्रिलंका भ्रमण क्रमका तीन वटा अभ्यास खेल खेल्ने छ । एसियाकपको छनोट भने आगामी १३ गतेबाट सुरु हुने छ ।








