चैत १,२०८२ / ०९ : ४६ पूर्वान्ह / 2026-03-15 09:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      तेक्वान्दोमा नेपालको खराब प्रदर्शन,तेस्रो दिन पनि पदक बिहिन

      - ७ वर्ष अगाडि
      भाद्र ५,२०७५

      काठमाण्डौ,१८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत तेक्वान्दोमा नेपालले खराब प्रदर्शन गरेको छ । मंगलबार को  प्रतिस्पर्धामा नेपालका तीन जना खेलाडी पराजित भएका छन्।

      ६७ के जी को तौल समुह अन्तर्गत नेपालकी निशा रावल चीनकी गोआओ पान सँग २२-६ अंकले पराजीत भएकी छिन् । 

      यस्तै अन्तीम १६ को खेलमा  ८० केजी माथि तौल समूहमा नेपालका अनोज पुजारीलाई काजकिस्तानका जापारोभ रुस्लानले २१-० अंकले पराजित गरेका थिए ।

      ज्ञानी चुनारा पनि क्वार्टरफाइनलमै पराजित भइन्। उनी फिलिपिन्सकी लिपेज पाउला लुसीसँग २०-० ले हारिन्। त्यसअघि उनले भुटानकी छोडेन किन्जाङलाई २८-६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेकी थिइन्।

      योसँगै पदकको आसा गरिएको खेल तेक्वान्दोमा ६ खेलाडीको चुनौती समाप्त भएको छ । अब बुधबार ८० केजी मुनी भूपेन्द्र श्रेष्ठ र ६३ केजी मुनीका तौल समूहमा वीरबहादुर महरा भिड्ने छन् । महरा सागका रजत विजेता खेलाडी हुन् । तेक्वान्दो अन्तिम दिन बिहीबार ४९ मुनी अस्मिता श्रेष्ठ र ६८ केजी मुनीका तौल समूहमा ज्ञानेन्द्र हमालले प्रतिस्पर्धा गर्दैछन्। 

        सम्बन्धित समाचारहरु