काठमाडौं, १८ औं एसियाली खेलकुदअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल बनेका छन् ।
पालेम्वाङमा भएको खेलमा मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वाटरफाईनलमा प्रबेश गर्न सफल बनेकी हुन् । प्रिक्वाटरफाइनल खेलमा उक्त जोडीले जापानसंग मंगलबार प्रतिसपर्धा गर्नेछ ।
पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–१ र ६–१ को सोझो सेटमा पराजित भए ।








