काठमाडौं, १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वाटरफाइनलमा पराजित भएको छ । नेपाल चाइनिज ताइपेईंसंग ३–० स्कोरले पराजित भएको हो ।
पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा नेपालका दीपेश धामी २१–५ र २१–११ तथा तेश्रोमा नेपालका नवीन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भए ।
त्यसैगरी महिला टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु अगष्ट २४ तारिखदेखि सुरु हुनेछ ।








