चैत १,२०८२ / ०९ : ४३ पूर्वान्ह / 2026-03-15 09:43 am
      • param ad
      • furniture
      • veera Incorporation

      अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

      - ७ वर्ष अगाडि
      भाद्र ४,२०७५

      काठमाण्डौ,इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिए । 

      आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउँदे उनले भने, “राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ ।” सो अवसरमा अध्यक्षले टेबुलटेनिस खेल सबै उमेर समूहका लागि उपयुक्त खेल भएको बातए । 

      राष्ट्रिय खेलकूद परिषद्का सदस्य तथा टोली व्यवस्थापक सुदिल शाहीले अध्यक्ष दाहालसँगको भेट पश्चात् खेलाडीमा थप ऊर्जा र हौसला बढेको बताए । अध्यक्ष दाहालले आफू पनि टेबुलटेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गरेको मेनेजर शाहीले बताए । 

      सो खेलमा अनिल घिमिरे र सञ्जीव ढुङ्गेल प्रशिक्षकद्वयका साथ खेलाडी नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुँदै छन् । शनिबारदेखि शुरु भएको एशियाली खेलकूदमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् । 

        सम्बन्धित समाचारहरु