काठमाण्डौ,इन्डोनेसिया को प्याट्रिओट चन्दबागा रंगशाला भएको १८ औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलमा नेपाल पाकिस्तान सँग २- १ को अन्तरले पराजीत भएको छ ।
खेलको १२ औ मिनेटमा नेपाल ले आत्मघाती गोल उपहार पाएको थियो । तर पहीलो हाफमा अग्रता जमाएको नेपाल ले दोस्रो हाफ मा भने अग्रता जोगाउन सकेन । पाकिस्तानका लागि खेलको ५४ औं मिनेटमा बिलाल मुहम्मदले गोल गरेर बराबरी बनाएका थिए । ७२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै सद्दाम हुसैनले विजयी गोल गरे ।
पहिलो हाफमा पाकिस्तानलाई दबावमा राखेको नेपालले दोस्रो हाफमा सामान्य गल्ती गर्दा पराजित हुनुपर्यो ।








