चैत १,२०८२ / ११ : १७ पूर्वान्ह / 2026-03-15 11:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      रोनाल्डोको डेब्यु खेलमा युभेन्ट्स विजयी

      - ७ वर्ष अगाडि
      भाद्र ३,२०७५

      क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए मा डेब्यु गरेको खेलमा युभेन्ट्सले भिएभो भेरोनालाई पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।

      दुई पटक पछि परेको स्थिति उल्टाउँदै युभेन्ट्सले चिएभो भेरोनालाई ३(२ ले पराजित गरेको हो। सिरी ए डेब्युमा रोनाल्डोले गोल गर्न भने सकेनन्।

      फेडेरिको बर्नाडेसीले इन्जुरी टाइमको तेस्रो मिनेट निर्णायक गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाए।

      त्यसअघि सामी खडेरीलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएपनि मारिउस सटेपिन्स्की र एमानुएले गिएचेरिलीले गोल गर्दै भिएभोलाई २(१ को अग्रता दिलाए। तर भिएभोकै माटिअ बानीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले खेल बराबरी गर्‍यो।

        सम्बन्धित समाचारहरु