चैत १,२०८२ / ११ : १७ पूर्वान्ह / 2026-03-15 11:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      साफ अन्डर १५ मा नेपालले आज घरेलु टोली भुटानसंग खेल्दै

      - ७ वर्ष अगाडि
      भाद्र २,२०७५

      काठमाण्डौ, साफ अनडर फिप्टिनमा  तेस्रो स्थानको लागि नेपालले आज घरेलु टोली भुटानसंग खेल्दै छ । 

      भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र भुटानबीचको खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ । त्यसपछि बंगलादेश र भारतबीच फाइनल खेल हुनेछ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल कम्तिमा कास्य जित्न चाहन्छ । यता, भुटान पनि नेपाललाई हराएर तेस्रो स्थान सुरक्षित बनाउन चाहन्छ । यस्तोमा दुई टोलीको खेल रोमान्चक हुने सम्भावना रहेको छ ।

       बिहिबार भएको सेमिफाइनलमा भारतसंग २ –१ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो । भारतलाई कडा टक्कर दिएपनि नेपाल पराजित हुन पुगेको थियो । प्रतियोगितामा फाइनल पुगेको दुई टोली बंगलादेश र भारत अपराजित रहेका छन् । भारत समूह ए को बिजेता र बंगलादेश समूह बी को बिजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । ००००

        सम्बन्धित समाचारहरु