चैत ३,२०८२ / ०२ : ५९ अपरान्ह / 2026-03-17 02:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एसियाड फुटबलमा नेपालको लगातार दोस्रो हार

      - ७ वर्ष अगाडि
      श्रावण ३१,२०७५

      काठमाडौं, नेपालले इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ । 


      बिहिबार भियतनामसँग २–० ले पराजित भएसँगै नेपाल समूह चरणमा लगातार दोस्रो हार बेहारेको हो । नेपाल यसअघि आफ्नो पहिला खेलमा जापानसँग १–० ले पराजित भएको थियो । इन्डोनेसियाको विभाहा मुक्ति स्टेडियममा बिहिबार भएको खेलमा नेपाल खेलको ३४ औं मिनेटमा पछि परेको थियो । भियतनामका गुयन डकले गोल गरेपछि भियतनामा पहिलो हाफमा १–० ले अघि ढेको थियो । 

      ६४ औं मिनेटमा फान भान डकले गोल गर्दै भियतनामको अग्रता दोब्बर पारेका थियो । भियतनामविरुद्धको खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले भियतनामका सम्भावित गोललाई बचाएका थिए । नेपालले पनि भियतनामविरुद्ध गोलका केही मौकालाई सदुपयोग गर्न सकेन । सुमन लामा, कमल श्रेष्ठ र ८८ औं मिनेटमा रोहित चन्दको प्रहारले गोलको दिशा लिन सकेन । 

      नेपालमाथिको जितसँगै भियतनाम एक खेल अगावै एसियाड फुटबलको प्रि–क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । भियतनामले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ३–० को सहज जित निकालेको थियो । बिहिबारै जापानले पाकिस्तानलाई ४–० ले पराजित गर्दै प्रि–क्वार्टर फाइनलमा पुग्न सफल भएको छ । जापानको जितमा इवासाकी युटोले दुई तथा हाटाटी रिउ र माइडा डाइजेनले गोल गरे ।

      अब समूह चरणको अन्तिम खेलमा जापान र भियतनाम तथा नेपाल र पाकिस्तानबीच खेल हुनेछ । जापान र भियतनामबीचको विजेता समूह विजेताको रुपमा अघि बढ्नेछ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई हराउन सके नेपालको अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । समूहको तेस्रो टोली बन्न सके त्यसपछि अघिल्लो चरणको सम्भावना रहन्छ । ६ समूहबाट ४ वटा उत्कृष्ट तेस्रो टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d