काठमाडौं, भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह बीमा रहेको नेपाल सेमिफाईनलमा प्रबेश गरेको छ ।
शनिबार भएको खेलमा पाकिस्तानलाई ४ –० गोलअन्तरले पराजीत गर्दै नेपालले पहिलो जीतसंगै सेमिफाईनलमा प्रबेश गरेको हो । जीतसंगै नेपाल समूहको एक खेल अगाबै सेमिफाईनलमा प्रवेश गरेको छ । भुटानको चाँगली मिथांग रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा दुई गोल गर्न सफल भएको थियो भने दोस्रो हाफमा पनि दुई गोल गर्दै बल स्कोरलाई दोब्बर बनाएको थियो ।
खेलको ८ औं मिनेटमा नेपालका लागि अनुष्का शेर्पाले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिईन् । खेलको निर्धारित समयमा सविता राना मगरले दुई गोल गरिन् । उनले खेलको २४ औं र ५६ औं मिनेटमा गोल गरेकी हुन् ।
खेलको ५९ औं मिनेटमा नेपालका लागि निर्णायक तथा अन्तिम गोल रजनी थोकरले गरिन् । समूह बिमा रहेको नेपालले अव समूह बिजेताका लागि साबिक बिजेता बंगलादेशसंग सोमबार प्रतिस्पर्धा गर्नेछ ।
यदि उक्त खेलमा जीत दर्ता गरे नेपाल समूह बिजेता बन्नेछ । यसअघि समूहको पहिलो खेलमा भने बंगलादेशले पाकिस्तानलाई ४–० को फराकिलो गोलअन्तरले पराजीत गरेको थियो ।








