वैशाख १९,२०८३ / १२ : ३८ पूर्वान्ह / 2026-05-02 12:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      लनटेनिस टोली मलेसिया प्रस्थान

      - ७ वर्ष अगाडि
      श्रावण २४,२०७५

      काठमाडौं, इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । 

      खेलाडीहरुले मलेसियास्थित लनटेनिस संघको एकेडेमीमा प्रशिक्षण गर्नेछन् । त्यसैगरी एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकोले नेपाली खेलाडीले उनीहरुसंग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ । पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा छन् । 

      संरक्षक र एनी हाल टोलीमा समावेश छैनन् । संरक्षक अस्ट्रेलियामा अध्ययनका साथै आफ्नो खेललाई निरन्तरता दिइ रहेका छन् भने एनी चेकोस्लोभाकियामा प्रशिक्षणरत रहेको टेनिस संघले जनाएको छ । एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउने छ । लनटेनिसमा नेपालले १९७० को बैंकक एसियाडदेखि भाग लिन थालेको थियो । सहभागिताको यात्रा १९९० मा चीनको बेइजिङ एसियाडसम्म नियमित रह्यो । 

      त्यसपछिका लगातार ४ संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा एसियाडमा नेपालले लनटेनिसमा सहभागिता जनाएन । चीनको ग्वान्झाव एसियाडदेखि भने नेपालको सहभागिता पुनः निरन्तर छ । लनटेनिस टोली अगष्ट १७ मा मलेसियाबाटै पालेम्वाङ जाने तालिका छ । एसियाडअन्तर्गत लनटेनिस अगष्ट १९ देखि २६ तारिखसम्म हुनेछ ।

      टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष समेत रहेकी नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

        सम्बन्धित समाचारहरु