चैत ३,२०८२ / ०४ : २३ अपरान्ह / 2026-03-17 04:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान

      - ७ वर्ष अगाडि
      श्रावण २२,२०७५

      काठमाण्डौ,भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली मंगलबार  भुटान प्रस्थान गरेको छ । 

      टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् । भुटानको थिम्पुमा यही साउन २४ देखि भदौ २ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसँगै यो समूहमा अघिल्लो विजेता बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । समूह ‘ए’ मा भारत, आयोजक भुटान, अफगानिस्तान र श्रीलंका छन् । माल्दिभ्सले प्रतियोगितामा सहभागिता जनाएको छैन । 

      प्रीति राईको कप्तानीको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् । 

      मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् । च्याम्पियनसीप खेलाउन दुई नेपाली रेफ्री, फिफा रेफ्री अस्मिता मानन्धर र फिफा सहायक रेफ्री बीना श्रेष्ठ नेपाली टोलीसँगै भुटान जाँदैछन् । नेपालले पहिलो खेल यही साउन २६ गते पाकिस्तानसँग खेल्नेछ । बंगलादेशसँग २८ गते प्रतिस्पर्धा गर्नेछ । 

      यसअघि बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन् । त्यतिबेला नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन । नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तर, भारतसँग १०–० फराकिलो गोलअन्तर र भूटानसँग १–१ गोलको बराबरीमा खेलेको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d