चैत ३,२०८२ / ०४ : २३ अपरान्ह / 2026-03-17 04:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पहिलो एक दिवसीय खेल जितेको नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

      - ७ वर्ष अगाडि
      श्रावण २१,२०७५

      काठमाण्डौ , नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ ।

      एकदिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्याण्डस्लाई पराजित गर्दै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जीत हासिल गरेको थियो । रोमाञ्चक रुपमा खेल जितेर कार्डियाक किड्सको उपमा पाएको नेपालले दोस्रो एकदिवसीय खेलमा १ रनको जीत हासिल गर्न सफल भएको थियो ।

      पहिलो पटक ओडिआई मान्यता पाएको साँढे ४ महिनापछि नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज खेलेको नेपालले दोस्रो खेल १ रनले जितेको थियो ।  पहिलो खेलमा भने नेपाल ५५ रनले पराजित भएको थियो।

      http://www.chinaripost.com/pagegallery/2018080610.jpg

      सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हात पार्दै आगामी ४ वर्षका लागि ओडिआई स्ट्याटस पाएको हो ।

      http://www.chinaripost.com/pagegallery/201808066.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d