चैत ३,२०८२ / ०४ : २८ अपरान्ह / 2026-03-17 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      टी-२० क्रिकेटमा बंगलादेशले २–१ ले जित्यो सिरिज

      - ७ वर्ष अगाडि
      श्रावण २१,२०७५

      काठमाडौं, बंगलादेशले तीन म्याचको टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार खेलिएको खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ । 

      यो जितसँगै बंगलादेशले तीन म्याचको प्रतियोगिता २–१ ले जितेको छ । अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगितामा पहिले ब्याटिङ गर्दै बंगलादेशले पाँच विकेटको क्षतिमा १८४ रनको विशाल स्कोर बनाएको थियो । 

      जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजको सुरुआत राम्रो भएन । वेस्ट इन्डिजका तर्फबाट २१ बलमा धुँवाधार व्याटिङ गरेका आन्द्रे रसेलले ४७ रन बनाए पनि त्यो काम लागेन । 

      वेस्ट इन्डिजले १७.१ ओभरमा १३५ रन बनाएपछि मुसलधारे वर्षा भएको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d