काठमान्डौ,सर्जियो अगुरोले क्लब फुटबलमा २ सय गोल पूरा गरेका छन् । चेल्सी विरुद्ध मैदान उत्रिएका अगुरोले म्यानचेस्ट सिटीका लागि गोल गर्दै उनले क्लब फुटबलमा २ सय गोल पूरा गरेका हुन् ।
कम्युनिट शिल्डको उपाधिका लागि मैदान उत्रिएका अगुरोले चेल्सी विरुद्ध १३ औं मिनेटमा गोल गर्दै २ सय गोल पुरा गरेका थिए ।अर्जेन्टिनी खेलाडी अगुरो २००६र ०७ को सिजनमा एथलेटिको मड्रिडबाट क्लब करियर शुरु गरेका उनी २०११ मा म्यानचेस्टर सिटी आएका हुन् ।
सिटीबाट अहिले सम्म ३२ गोल गर्दै उनी शीर्ष स्थानमा छन् । आजको खेलमा अगुरोको २ गोलको मद्दतले सिटीले कम्युनिटी फुटबलको उपाधि पनि जितेको छ ।








