जेष्ठ १२,२०८३ / ०८ : ४८ पूर्वान्ह / 2026-05-26 08:48 am
      • param ad
      • furniture
      • veera Incorporation

      टेनिस खेलाडी सेरेनाको लज्जास्पद हार

      - ७ वर्ष अगाडि
      श्रावण १६,२०७५

      काठमाडौं, तेइस पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी लन टेनिस खेलाडी सेरेना विलियम्सले डब्लुटिए सान जोसे प्रतियोगिताको पहिलो राउन्डमै नराम्रो हार व्यहोरेकी छन् ।

      उनी जोहाना कोन्टेसँग ६–१, ६–० ले पराजित भएकी हुन् । खेल हेर्न ठूलो संख्यामा दर्शकहरु रङ्गशालामा उपस्थित भएका थिए, तर ५२ मिनेटमै खेल सकिएपछि दर्शकहरु निराश भएका थिए । यति छोटो समयमा यसअघि सेरेना सिंगापुरमा भएको सन् २०१४ को डब्लुटिए फाइनलमा हारेकी थिइन् । 

      उक्त खेलमा सिमोना हालेपसँग सेरेना ६–०, ६–२ को सोझो सेटमा पराजित भएकी थिइन् । पहिलो राउन्डको अर्को एक खेलमा चीनकी सातौं वरियताकी झाङ शुईलाई बेलारुसकी भेरा लाप्कोले ७–६(२), ६–० सेटमा पराजित गरिन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d