जेष्ठ १२,२०८३ / ०८ : ५२ पूर्वान्ह / 2026-05-26 08:52 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालले आफ्नो पहिलो एक दिवसीय खेल बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै

      - ७ वर्ष अगाडि
      श्रावण १६,२०७५

      काठमाडौं, नेपालले आफ्नो पहिलो एक दिवसीय खेलको रूपमा बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । यद्यपि खेलको नतिजा आउनुअघि नै नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रामा एउटा नयाँ कोशेढुंगा पार गर्ने पक्का छ । 

      अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यतामा आफ्नो पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । त्यसैले ऐतिहासिक मानिएको यो खेल नेपालका लागि निकै महत्वपूर्ण बनेको छ । नेपालले गत मार्चमा जिम्बाब्वेमा सम्पन्न एक दिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो । त्यसपछि यसै सिजन फेरि एक दिवसीय टोलीको रूपमा फर्किएको नेदरल्यान्ड्ससँग नेपालले आफ्नो पहिलो एक दिवसीय शृंखला खेल्न लागेको हो । त्यसका लागि नेपाली टोली नेदरल्यान्ड्स पुगिसकेको छ । 
      घरेलु टोलीविरुद्ध दुई एक दिवसीय शृंखला खेल्ने तय भएको नेपालले दोस्रो एक दिवसीय भने बिहीबार खेल्नेछ । लन्डनको मेरिलेवन क्रिकेट क्लब (एमसीसी)मा नेदरल्यान्ड्ससमेत सहभागी भएको त्रिकोणात्मक शृंखला खेलेर आफ्नो पहिलो एक दिवसीय शृंखलाका लागि त्यहाँ पुगेको नेपालले सुखद सुरुआतको योजना बनाएको छ । नेपालले लर्डस्मा एमसीसीविरुद्ध ६ ओभरको खेल खेलेको थियो । 

      आईसीसीबाट टीट्वेन्टी खेलको मान्यतासमेत प्राप्त गरेको नेपालको नेदरल्यान्ड्स विरुद्धको खेल भने वर्षाका कारण अवरुद्ध बनेको थियो । त्यसअघि नेपालले लन्डनमा त्यहाँका स्थानीय क्लबसँग केही अभ्यास खेलसमेत खेलेको थियो । लण्डनको लर्ड्स मैदानमा नेपाली क्रिकेट टोली । फाइल तस्बिर नेपाली टोलीका कप्तान पारस खड्काले एक दिवसीय शृंखला आफूहरूका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । ‘हामीले सुरुआतबाटै देखेको सपना हो एक दिवसीय क्रिकेट’, पारसले आईसीसीसँग भनेका छन्, ‘त्यो खेल हाम्रा लागि कत्तिको महŒवपूर्ण छ भन्ने कुरा हामीले बुझेका छौं । यी दुई टोलीबीच आधिकारिक एक दिवसीय खेल पहिलोपटक हुन लागे पनि ५० ओभरको क्रिकेटमा भने यस अघिबाटै खेल्दै आइरहेका छन् । 

      विगतमा ५० ओभरको क्रिकेटमा एकअर्काविरुद्ध भएको प्रतिस्पर्धाको नतिजाले भने नेदरल्यान्ड्सलाई बलियो देखाएको छ । ५० ओभरको क्रिकेटमा नेपालले यसअघि नेदरल्यान्ड्ससँग पाँच खेल खेल्दा मात्र दुई खेलमा जित हात पारेको छ । बाँकी तीन खेलमा पराजय बेहोरेको छ ।नेपालले यसअघि सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध आर्मसटेलभिनस्थित भीआरए मैदानमै दुई खेल खेलेको थियो । पहिलो खेलमा सात विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने नेपालले १९ रनको जित हात पारेको थियो । नेपालले नेदरल्यान्ड्सलाई ५० ओभरको क्रिकेटमा पराजित गरेको पनि त्यही अन्तिम अवसर थियो । 
      नेपाली टोलीले बुधबार सोही मैदानमा फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दा जितको अपेक्षा गरिएको छ । 
       

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d