जेष्ठ १२,२०८३ / ०८ : ४८ पूर्वान्ह / 2026-05-26 08:48 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता सम्पन्न, १२ जना पूर्व राष्ट्रिय खेलाडी सम्मानित

      - ७ वर्ष अगाडि
      श्रावण १३,२०७५

      काठमाडौं, प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।  

      प्रतियोगिता प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो । काठमाडौंको बसुन्धारस्थित चन्द्रविन्दु स्कूलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन शुक्रबार वरिष्ठ खेलाडी वैकुण्ठ मानन्धरले गरेका थिए । शुक्रबार प्रथम र दास्रो चरणका खेलहरु भएका थिए भने शनिबार तेस्रो, चौथो र फाइनल खेल भएको हो । खेल दुई उमेर समूहमा विभाजन गरिएको थियो । फाइनलमा उमेर समूह अन्तर्गत १८ वर्ष मुनिका रेहान मिया प्रथम भएका छन् । 

      त्यस्तै, दोस्रो र तेस्रोमा क्रमशः विवश खकुराल र पासाङ तामाङ विजयी भएका छन् । १८ वर्ष माथि उमेर समूहमा सागर महर्जन प्रथम भएका छन् पानभाई पोडे र विष्णु थिङ क्रमशः दोस्रो तेस्रो भएका छन् । बाघचाल प्रतियोगितामा ११४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ८ वर्ष उमेरदेखि ८४ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको आयोजक प्रगतिवादी युवा समाज नेपालका सचिव समिर गौतमले बताए । उनले यो कार्यक्रमलाई आगामी वर्षहरुमा अझ भव्यताका साथ अगाडी बढाउने बताएका छन् ।

      विजेतालाई प्रगतिवादी युवा समाजका अध्यक्ष प्रविण बस्नेतले नगद पुरस्कारसहित सम्मानपत्र वितरण गरेका छन् । उक्त अवसरमा १२ जना पूर्व राष्ट्रिय खेलाडी र बाघचालको कम्युटर गेम बनाउने रघुनाथ ढुङ्गेललाई सम्मान गरिएको छ । जरो किलो महाअभियानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले पूर्व खेलाडीलाई खादा ओडाई सम्मानपत्र प्रदान गरेका छन् । 

      सम्मानित खेलाडीको तर्फबाट पूर्व राष्ट्रिय भलिबल खेलाडी भरत शाहले आफ्नो मन्तव्य राखेका थिए । उनले नेपालका पुराना खेलहरुलाई नेपाली आफैले जगेर्ना गर्नुपर्ने भन्दै खेलको महत्वलाई बुझेर लाग्नुपर्ने बताए । सम्मानित हुने अन्य खेलाडीमा विनोद कुमार दास, जीत बहादुर केसी, ममता चौधरी, सारादेवी तामाङ, आङ बाबु लामा लगायत रहेका छन् । 

      सम्मानित हुने खेलाडीमध्ये दिपक महर्जन र दिपक बिष्ट विदेशमा रहेकाले अनुपस्थित भएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d