जेष्ठ ११,२०८३ / ०६ : ३७ पूर्वान्ह / 2026-05-25 06:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      ५० लाखको लागतमा कभर्ड हल बन्दै

      - ७ वर्ष अगाडि
      श्रावण ६,२०७५

      बुटवल, रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ । 

      उक्त रकममध्ये रु १० लाख जिल्ला समन्वय समिति र रु १० लाख जिल्ला खेलकुद विकास समिति, रुपन्देहीले प्रदान गरेको कभर्ड हल निर्माण उपभोक्ता समितिका सचिव टीकाबहादुर शाहीले जानकारी दिनुभयो । सैनामैना नगरपालिका–३ स्थित पर्सावलमा निर्माणाधीन कभर्ड हलमा ब्याडमिण्डन खेल्नका लागि दुई वटा कोर्ट, टेबुलटेनिस, बास्केटबल र फुटसललगायतका खेल खेल्न सकिने उहाँले बताउनुभयो ।

       डेढ वर्षअघिदेखि निर्माण कार्य शुरु भएको कभर्डहल अझै एक वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ । “सैनामैना खेलाडी उत्पादनको क्षेत्र र सबैलाई पायक पर्ने स्थान भएकाले नै यहाँ कभर्डहल निर्माण गर्न लागिएको हो” उपभोक्ता समितिका सचिव शाहीले भन्नुभयो । 

      ८० प्रतिशत काम पूरा भएको कभर्ड हलमा ३०० दर्शक अटाउन सक्ने बताइएको छ । कभर्डहल निर्माण भएपछि खेलकुदको क्षेत्रमा परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d