जेष्ठ १,२०८३ / ०४ : ५३ पूर्वान्ह / 2026-05-15 04:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली राष्ट्रिय तेक्वान्दो प्रशिक्षकद्वारा एटियु कोर्स पूरा

      - ७ वर्ष अगाडि
      श्रावण २,२०७५

      काठमाडौं, १८ औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षकले एटियु प्रशिक्षण लाइसेन्स कोर्स पूरा गरेका छन् । 

      एसियन तेक्वान्दो युनियनद्वारा आयोजना भएको प्रशिक्षक लाइसेन्स कोर्समा नेपालका ४ प्रशिक्षकले पूरा गरेका हुन् । मंगलबार दक्षिण कोरियाको जेजुमा नेपालका प्रशिक्षक नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, संगिना वैद्य र दीपक विष्टले प्रशिक्षक लाइसेन्स कोर्स पूरा गरेका हुन् । प्रशिक्षक लामाले पुम्सेतर्पm कोर्स गरेका थिए । बाँकी तीन प्रशिक्षकले भने ग्यरोगीको प्रशिक्षकको प्रशिक्षण कोर्स पूरा गरेका हुन् । 

      यो कोर्स पूरा गरेपछि मात्र विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ) ले आयोजना गने अफिसियल गेम्स प्रशिक्षकले प्रशिक्षण गर्न पाउने प्रावधान रहेको छ । यसअघि डब्लुटिएफले जारी गर्ने गरेको ग्लोबल लाइसेन्स भएका प्रशिक्षकले मात्र जी–१ अथवा अफिसियल गेममा प्रशिक्षण गर्न पाउने प्रावधान रहेको थियो । यद्यपि, एटियुले केही समय अगाडि मात्र नियम परिवर्तन गर्दै एटियू कोर्स पूरा गरेकाले मात्र अफिसियल गेम्समा प्रशिक्षण गर्न पाउने प्रावधान राखेको थियो ।

      कोर्स पूरा गरेका नेपालका चारै प्रशिक्षक नेपाली राष्ट्रिय टोलीको वैदेशिक प्रशिक्षणका लागि हाल दक्षिण कोरियामा छन् ।  

        सम्बन्धित समाचारहरु