जेष्ठ १६,२०८३ / ०९ : ५३ अपरान्ह / 2026-05-30 09:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पोर्चुगलका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सोमबार पुगे ईटालियन क्लव युभेन्ट्स

      - ७ वर्ष अगाडि
      श्रावण १,२०७५

      कामाडौं, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सोमबार युभेन्ट्सका खेलाडीका रुपमा सार्वजनिक भएका छन् । 

      आइतबार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ प्राइभेट जेटमा टुरिन पुगेका रियल म्याड्रिडका पूर्व फरवार्डले सोमबार दिउँसो स्वास्थ परिक्षण गरेका थिए । साँझ नयाँ क्लब युभेन्ट्सको जर्सीका साथ उनी पत्रकार सम्मेलनमा उपस्थित भए । १ सय मिलियन पाउन्डमा सरुवा भएका रोनाल्डो अझै माथिल्लो स्तरको प्रदर्शनका लागि आफु युभेन्ट्स आएको बताए । उनले चार वर्षको लागि सम्झौता गरेका छन् । ‘मलाई रियल छोड्दा कुनै दुःख लागेको छैन । म यहाँ चुनौतिका लागि आएको हु,’ उनले भने, ‘मेरो उमेरका खेलाडी चीन वा अन्य जान्छ । तर, युभेन्ट्सले मलाई यो मौका दिएको छ, त्यसका लागि धन्यवाद दिन चाहान्छु ।

      उनले आफु स्तरीय खेलाडी भएको देखाउन प्रयास गर्ने समेत बताए । ‘म कडा मेहनत गर्छु । मेरो तथ्याङ्क तपाईहरुलाई थाहा छ । म महत्वकांक्षी छु । मलाई सहज क्षेत्र चाहिएको छैन,’ उनले जोडे, ‘म्यानचेस्टर युनाइटेड र रियल पछि युभेन्ट्समा इतिहास बनाउन आएको छु । युनाइटेड र रियलमा हुँदा जस्तो बालोन डी ओर जित्न कठिन होला । तर म स्तरीय हुन चाहन्छु । के थाहा सबै चिज सहि भयो भने म फेरि पनि जित्न सक्छु ।’

      चार वर्षको बसाईमा युभेन्ट्सलाई के दिन्छौं भन्ने प्रश्नको जवाफमा रोनाल्डोले भने, ‘युभेन्ट्सले धेरै सफलता हासिल गरेको छ । घरेलु कप र सिरिए जितेको छ । च्याम्पियन्स लिग फाइनल पुगेको छ । मलाई उनीहरुले चाहे त्यसमा गर्व छ । म मैदानमा उत्कृष्ट गर्न सक्छु भन्ने विश्वास छ । म कोशिस गर्नेुछु । मलाई आशा छ क्लबलाई अझै माथि पुराउन मद्दत गर्नेछु ।’

      http://www.chinaripost.com/pagegallery/2018071734.jpg

      रियलसँगको ९ वर्ष लामो सुखद यात्राको अन्त्य गर्दै रोनाल्डो इटाली पुगेका हुन् । रोनाल्डोले युभेन्ट्समा पनि ७ नम्बर जर्सी नै लगाउनेछन् । २००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा रियल पुगेका रोनाल्डो त्यहाँ सर्वाधिक गोलकर्ताका रुपमा क्लबबाट बाहिरिएका छन् । उनले रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् । 

      पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डो सम्मिलित रियलले ४ च्याम्पियन्स लिगसहित १६ उपाधि जितेको थियो ।

        सम्बन्धित समाचारहरु