जेष्ठ ११,२०८३ / ०२ : ४८ अपरान्ह / 2026-05-25 02:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      म्याग्दी रनिङ कप २०१८ को विजेता बने स्याङजा परिवार

      - ७ वर्ष अगाडि
      असार ३२,२०७५

      काठमाडौं, कोरीयाको राजधानी सियोलमा आईतबार सम्पन्न म्याग्दी प्रवासी नेपाली संघ कोरीयाद्धारा आयोजीत म्याग्दी रनिङ कप २०१८ को भलिवल उपाधी स्याङजा परिवारले उचालेको छ । 

      त्यसैगरी आयोजक अर्थात् म्याग्दी प्रवासी नेपाली संघले भने उपविजेताका रुपमा चित्त वुझाए । काग्लुङ सम्पर्क समिति तेस्रो तथा कालीगण्डकी व्वाईज चौथो भए । एकदिने सो प्रतियोगितामा मनोज कार्की उत्कृष्ठ खेलाडी चुनिए । आईतबार सम्पन्न सो प्रतियोगितामा प्रमुख अतिथिका रुपमा कोरीयका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंह, तथा सम्वन्धित संस्थाका संरक्षकहरुको उपस्थिती रहेको थियो । 

      उपाधी विजेता ,उपविजेता तथा अन्य खेलमा सहभागी टिमलाई ट्रफि तथा प्रमाण पत्र प्रदान गरीएको थियो  ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d