काठमाडौं, फिफाले ईङ्ल्याण्ड र क्रोएसियाविचको विश्वकपको दोस्रो सेमिफाईनल खेलमा अंग्रेज समर्थकहरुको व्यावहारमाथि छानबिन थालेको छ ।
मस्कोस्थित लुज्निकी रंगशालामा भएको खेलको क्रममा बेलायती समर्थकहरुले विभेदकारी नारा लगाएको आरोपमा फिफाले छानाविन थालेको हो । बेलायती समर्थकहरुले विभेतकारी नारावजमिाथि छानविन गर्न लिखित आरोप समेत दर्ता भएको फिफाले जनाएको छ । तर सो आरोप कसले दर्ता गरेको हो भन्ने बारे केही खुलासा गरीएको छैन । त्यसैगरी उता विश्वकप खेलका क्रममा हालसम्म गरीएका सम्पूर्ण डापिङ परिक्षणको नतिजा पनि नेगेटिभ आएको छ ।

सन् २०१८ मा मात्रै २ हजार भन्दा बढी खेलाडीको नमुना संकलन गरी डोपिङ परिक्षण गरीएको तर कुनैपनि खेलाडी डोपिङ प्रकरणमा नपरेको जनाएको छ ।








