काठमाडौं, स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् ।
समूह बीको दोस्रो खेलमा स्पेन र पोर्चुगलले ३–३ गोलको बराबरी खेल्दै समान अंक बाडेका हुन् । पहिलो हाफमा २–१ ले पछि परेको स्पेन दोस्रो हाफको ४ मिनेटमा २ गोल गर्दै खेलमा अग्रता बनाएको थियो । तर, ८८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै खेललाई बराबरीमा टुङग्याएका थिए ।
पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने स्पेनका लागि डिएगो कोस्टाले समान २ तथा अर्को एक गोल नाचोले गरे । यस पटकको विश्व कपमा प्रतिक्षा गरिएको मध्ये एक खेलको चौथोे मिनेटमै रोनाल्डोको पेनाल्टी गोलमा पोर्चुगलले अग्रता लिएको थियो । नाचोले पेनाल्टी बक्समा आफैलाई फाल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले विना कुनै गल्ति गोल गरेका थिए । उनको प्रहार रोक्ने क्रममा स्पेनका गोलकिपर डेभिड डि जियाको कमजोरी देखिएको थियो । आफ्नो नियन्त्रणमा आउने सक्ने बललाई उनले हल्का ढंगले लिएपछि बलले जाली चुमेको थियो ।
तर, २४ औं मिनेटमा कोस्टाले पोर्चुगलका रक्षापक्तिलाई तोड्दै बराबरी गोल गरेका थिए । बराबरी उन्मुख पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा रोनाल्डोले अर्को गोल थपेपछि खेल रोमाञ्चक बनेको थियो । ५४ औं मिनेटमा स्पेनका कोस्टाले बराबरी गोल गरे । ५८ औं मिनेटमा नाचोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
तर, निर्धारित समयको २ मिनेट बाँकी हरँदा रोनाल्डोले फ्रिकिकमा बराबरी गोल गरे भने व्यक्तिगत रुपमा ह्याट्रिक पुरा गरे । चौथो विश्व कपमा सहभागिता जनाइरहेका रोनाल्डो शुत्रवारको गोलपछि भाग लिएका सबै विश्व कपमा गोल गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि शुक्रवार नै भएको समूह ‘बी’को अर्को खेलमा इरानले मोरोक्कोलाई १–० ले हराएको थियो, भने ईजिप्टलाई उरुग्वेले १–० ले पछि पारेको थियो ।
समूहको पहिलो चरणको खेल सकिदा इरानको ३, स्पेन र पोर्चुगलको समान १ अंक छ ।