मंसिर २६,२०८१ / ०९ : १४ अपरान्ह / 2024-12-11 09:14 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली माउन्टेन वाईकर श्रीलङकामा प्रतिस्पर्धाको क्रममा नदीमा खसेर मृत्यु

      - ६ वर्ष अगाडि
      जेष्ठ ३१,२०७५

      काठमाडौं, श्रीलंकामा जारी अन्तरराष्ट्रिय प्रतियोगिता रम्बल इन द जंगलमा प्रतिस्पर्धा गर्न गएका नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको महाबेली नदीमा खसेर मृत्यु भएको छ ।

      ५ स्टेजको साहसिक प्रतियोगिताकै क्रममा उनको नदीमा खसेर मृत्यु भएको स्थानीय डेलीमिरर डट एलके ले जनाएको छ । 

      श्रीलंकाको कोलम्बोबाट २३० किलोमिटर दक्षिण–पूर्वमा रहेको कुदा ओया नदीमा डुबेका उनको शरीर प्रहरीले नजिकैको बाँधमा फेला पारेको थियोे । श्रीलंकन एअरलाइन्सको आयोजनामा यही जुन ९ देखि १५ तारिखसम्म चल्ने ‘रम्बल इन जंगल’ साइकल रेसमा ३३ वर्षीय महर्जनसहित अजय पण्डित क्षेत्री र बुद्धि बहादुर तामाङले पनि सहभागिता जनाएका थिए । 

      श्रीलंकाको पहाडी क्षेत्रमा रहेको बर्षा वन, नदी पार गर्नुपर्ने सहासिक साइकल रेसका क्रममा खेलाडीले जंगली हात्ती, चितुवा, सर्प जस्ता जीवजन्तुको सम्भावित खतरा समेत रहेको बताइएको छ ।

      प्रतियोगितामा नेपाल ,भारत, बेलायत लगायत ३९ देशका बाइकरहरुको सहभागिता रहेको छ । महर्जनको मृत्युपछि प्रतियोगिता स्थगित भएको छ ।

        सम्बन्धित समाचारहरु