काठमाडौं, पूर्व विश्व नम्बर १ नोभाक जोकोभिच १२ औं पटक फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार रातिको खेलमा स्पेनिस फर्नाण्डो भर्डास्कोलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा हराउँदै सर्बियाली जोकोभिचले अन्तिम आठको यात्रा तय गरेका हुन् । आधुनिक ग्राण्डस्लाम इतिहासमा १२ पटकसम्म फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुग्ने उनी पहिलो खेलाडी हुन् ।
तर, रोनाल्ड ग्यारोसमा जोकोभिच सन् २०१६ मा मात्र च्याम्पियन बनेका थिए । जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटलीका मार्को सेचिनाटोसँग प्रतिस्पर्धा गर्नेछन् ।








