काठमाडौं, विश्वकप २०१८ का लागि जारी मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ गेलअन्तरको जीत दर्ता गरेको हो । एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई सुरुवाती अग्रता दिलएका हुन् ।
खेलको २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले सहज सदुपयोग गर्दै गोलमा परिणत गरेपछि फ्रान्सले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो । तर खेलको ३६ औं मिनेटमा इटालीका लागि लियोनार्दो बोनुचीले पनि एक गोल फर्काएका थिए ।
पहिलो हाफमा एक गोल फर्काउन सफल भए पनि इटालीले ६३ औं मिनेटमा अर्को गोलको सामना गर्नु परेको थियो । फ्रान्सका लागि ओस्माने डेम्बेलेले अन्तिम तथा जितका लागि निर्णायक गोल गरे ।
उत्कृस्ट खेलाडीहरुले रंगिएको फ्रान्सले विश्वकप अगिको मैत्रीपूर्ण खेलमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ | पाउल पोग्बा, देम्बेले, ग्रिजमेन , कान्ते, उमिटीटि जस्ता खेलाडी रहेको फ्रान्स फिफा बरियतामा सातौ स्थानमा छ भने इटाली २० सौ स्थानमा छ | फ्रान्स संगै यो पल्ट ब्राजिल, जर्मनी, स्पेन र अर्जेन्टिनालाई पनि दाबेदारी टिमको रुपमा हेरिएको छ |
उमिटीटि, ग्रिजमेन र देम्बेलेले फ्रान्सको तर्फबाट एक एक गोल गरे भने बुनुचीले इटालीको तर्फवाट सान्त्वना गोल गरेका थिए |








