माघ ६,२०८२ / ०३ : १० पूर्वान्ह / 2026-01-20 03:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      पहिलो पटक परे नेपाल आइसीसीको एकदिवसीय वरियतामा

      - ७ वर्ष अगाडि
      जेष्ठ १८,२०७५

      काठमाडौं, नेपाल आइसीसीको एकदिवसीय वरियतामा परेका छन् । 

      एकदिवसीय मान्यता पाएका टिम नेपालसँगै स्कटल्याण्ड, नेदरल्याण्ड र युनाइटेड अरब एमिरेट्स (युएई) पनि आइसीसीको एकदिवसीय वरियतामा परेका छन् । आइसीसीले सार्वजनिक गरेको जुन महिनाको बरियतामा नेपालसँगै अन्य तीन देश परेका छन् । जुन १ देखि शीर्ष १२ एकदिवशीय टोलीसँगै आइसीसी एकदिवशीय टोली बरियतामा समावेश भएका हुन् । 

      आइसीसीको विश्वकप छनोटमा शीर्ष तीन स्थान ओगट्दै नेपाल, स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता पाएको थियो । स्कटल्याण्ड २८ अंकसहित १३ औँ स्थानमा रहेको छ भने युएई १८ अंकसहित १४ औँ स्थानमा रहेको छ । नेदरल्याण्डको १३ अंक रहेको छ भने नेपालको शुन्य अंक रहेको छ । 
      अब दुवै टोलीले चार खेल पछि एकदिवसीय वरियातामा सूचीकृत हुनेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d