मंसिर २,२०८२ / ०४ : २५ अपरान्ह / 2025-11-18 04:25 pm
      • param ad
      • furniture
      • veera Incorporation

      फिफा विश्वकप २०१८ सुरु हुन १३ दिन बाँकी

      - ७ वर्ष अगाडि
      जेष्ठ १८,२०७५

      काठमाडौं, फफा विश्वकप २०१८ सुरु हुन अब १३ दिन मात्र बाँकी छ । रसियाको ११ सहरमा हुने विश्वकप फुटबलमा ३२ टोलीको सहभागिता रहेको छ । 

      जसमा ६४ खेल हुनेछ । ब्राजिलमा आयोजित पछिल्लो संस्करणको विश्व कपमा जर्मनीले अजेन्र्टिनालाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । जर्मनी यो पालीको विश्वकप २०१८ को पनि पनि उपाधिको दावेदारको रुपमा लिइने उत्कृष्ठ टोली हो । प्रशिक्षक जोकिम लोले अनुभवी र युवा खेलाडीको सम्मिश्रण गरेर बलियो टोली उतार्ने प्रयासमा रहेका छन् । 

      लोलेले चोटका बावजुद पनि केहि अनुभवी खेलाडीहरुलाई टोलीमा समावेश गरेका छन् । गोलरक्षक म्यानुएल नोएर, डिफेन्डर जेरोम बोटेङ जस्ता खेलाडी पूर्णरुपमा फिट नभए जर्मनीलाई केहि हदसम्म कठिन हुनेछ । फरवार्ड थोमस मुलर सन् २०१० विश्वकपका गोल्डेन बुट विजेता र २०१४ विश्वकपका सिल्भर बुट विजेता हुन् । उनले दुवै विश्वकपमा ५(५ गोल गर्न सफल वनेका थिए । २०१० को विश्वकपको उत्कृष्ट युवा खेलाडी पनि चुनिएका मुलर २०१४ को अल स्टार ११ मा लियोनल मेस्सी र नेयमारसँगै अग्रपंक्तिमा परे । यसपटक पनि जर्मनीले विश्वकप उपाधि रक्षा गर्न उनीबाट धेरै अपेक्षा गरेका छन् । 

      खेलमा फुर्तिका लागि चिनिने मुलर ३६ गोलसहित जर्मनीका लागि दशौं सर्वाधिक गोलकर्ता हुन् । त्यस्तै विश्वकपमा १० गोलसहित उनी प्रतियोगिताका आठौं सर्वाधिक गोलकर्ता चुनिएका हुन् । यस सिजन बायर्न म्युनिख र जर्मनीका लागि कुल ४८ खेलमा सहभागी हुँदै उनले १६ गोल र १६ असिस्ट गरे । 

      यस सिजन बायर्न म्युनिखबाट लिग जितेका उनी लिगमा सवाधिक असिस्ट गर्ने खेलाडी पनि हुन सफल भए । 
      क्लब टोलीमा जमेका मुलर आफ्नो फर्मलाई राष्ट्रिय टोलीमा पनि जारी राख्ने प्रयासमा रहनेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d