काठमाडौं, विश्वकप टनोटमा नपरेका दुई देश नेदरल्यान्ड्स र स्लोभाकियाविच बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा रोकिएको छ ।
प्रशिक्षक रोनाल्ड कोमनको नियुक्तिपश्चात तेस्रो खेल खेलेको नेदरल्यान्ड्सले सुरुआती समयमा सोचअनुरुपको प्रदर्शन गर्न सकेनन् । एडम नेमेचले आठौँ मिनेटमा मारेक हाम्सिकको क्रसमा हेडर गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाए । लगत्तै जुराज कुच्काको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्केको थियो । यद्यपी नेदरल्यान्ड्सले दोस्रो हाफमा बराबरी गोल गरे ।
खेलको ५९ औं मिनेटमा क्विन्ची प्रोमेसले ३० यार्डको दुरीबाट ल्याएको बललाई विना मिस्टेक गोलमा परिणत गरे ।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोलको लागि अवसर सिर्जना भएपनि गोल हुन सकेन ।