कार्तिक २९,२०८१ / ०७ : २३ पूर्वान्ह / 2024-11-14 07:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      संकटमा दशरथ रंगशाला, सागका लागि तयारी पुगेन

      - ६ वर्ष अगाडि
      जेष्ठ १७,२०७५

      काठमाण्डौ । नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको रंगशाला २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो । अहिले रंगशाला प्रयोगविहिन छ । क्षतिपछि पुनः निर्माणको क्रममा रहेको रङ्गशाला सन् २०१९ को मार्च ९ देखि १८ सम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि तयार पार्ने लक्ष्य लिइएको छ । लक्ष्य अनुरुप रङ्गशाला निर्माण सम्पन्न हुनेमा आशंका उब्जिएको छ ।

      अन्तर्राष्ट्रियस्तरको खेलकुदका लागि यो रंगशालको विकल्प छैन । फुटबलसहित अन्य खेलहरुकोसमेत संरचना भएको यो रंगशाला नै अन्तराष्ट्रियस्तरको खेलकूदका लागि योग्य थियो । 

      सन् २०१९ मार्च ९ देखि १८ सम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता यहीँ सञ्चालन गर्ने लक्ष्य छ । अबको करिब एक वर्षपछि हुने अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतियोगिताका लागि तयार पार्ने लक्ष्यसहित मर्मत कार्य हुँदैछ । 

      तर वितेको तीन वर्षमा पुनर्निर्माणको कामले खासै गतिलिन सकेको छैन । दक्ष जनशक्ति र पर्याप्त बजेट अभावका कारण पुनः निर्माणमा ढिलाई भएको सरोकारवाला निकाय राष्ट्रिय खेलकुद परिषद्को तर्क छ ।

      काम धेरै छन तर समय निकै कम । अझै क्षति भएको प्याराफिट भत्काएर नयाँ बनाउनुपर्ने चुनौती उस्तै छ । स्कोरबोर्ड बनाउने र सिटहरु पुरानो हटाएर नयाँ राख्ने काम भइरहेको छ ।

      तर, सबै काम सक्न आवश्यक जनशक्ति र बजेट पुगे ११ महिनामा रंगशाला मर्मत कार्य सकित परिषदको दाबी छ । 

      तेह्रौँ सागमा कम्तिमा २० र बढीमा २५ खेल समावेश हुनेछन् । तिमध्ये अधिकांश खेल रङ्गशालाभित्र नै खेलाउनुपर्ने भएकाले पनि मर्मत कार्य सम्पन्न गर्नुपर्ने दबाब छ । 

      तर सरोकारावाला निकाय नै बजेट र जनशक्तिको अभावमा लक्षित अवधिमा काम सम्पन्न नहुने हो कि भन्ने आशंकामा छ । 

      यही आशंकाका कारण रंगशाला पुनः निर्माण समयमा नै नहुने हो कि भन्ने चिन्ता खेलप्रेमीले गरेका छन् । यसप्रति सम्बन्धित निकाय गम्भीर बन्नु जरुरी छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d