चैत ३,२०८२ / ०४ : २२ अपरान्ह / 2026-03-17 04:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      युवा तथा खेलकुद मन्त्रालयको योजना सार्वजनिक:खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा

      - ७ वर्ष अगाडि
      जेष्ठ १७,२०७५

      काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सय दिनमा भएका कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । 

      मन्त्री विश्वकर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने योजना अघि सारेका छन् । सिहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री विश्वकर्माले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको दुर्घटना बीमाको व्यवस्था गर्ने बताए । 

      तेह्रांै दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजनाको लागि आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको लागि तयारी भइरहेको मन्त्री विश्वकर्माले जानकारी दिए । 

      आगामी १० महिनाभित्र दशरथ रंगशाला एवं पोखरा रंगशालाको निर्माणकार्य सम्पन गरिने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । 

      परिषद्ले आगामी तीन वर्षभित्र ५० हजार क्षमता भएको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण कार्यलाई अगाडि बनाउने भएको छ । 

      पत्रकार सम्मेलनमा युथ भिजन दुई हजार पच्चिसको कार्ययोजना तर्जुमा र ७२ जिल्लामा १ सय ४६ युवा उद्यम कार्यक्रम सञ्चालन गर्ने बारे जानकारी गराइएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d