काठमाडौं, विश्व फुटबल जगतका चर्चित स्ट्राइकर बनेका इजिप्टका मोहम्मद सलाहले विश्वकप फुटबल खेल्ने सम्भावना बढेको छ ।
च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका कारण सञ्चारमाध्यमहरुमा सलाहले विश्वकप खेल्न नसक्ने खबर आइरहेका बेला अव भने सलाहले विश्वकप फुटबल खेल्न सक्ने इजिप्टका राष्ट्रिय फुटबल संघले जनाएको छ । इजिप्टको राष्ट्रिय फुटबल संघका अध्यक्ष र राष्ट्रिय टिमका डाक्टरका अनुसार सलाह अबको ३ हप्तामा ठीक हुनेछ । इजिप्टले विश्वकपको पहिलो खेल उरुग्वेसँग आगामी जुन १५ तारिखमा खेल्दैछ ।
इजिप्टले आफ्नो दोश्रो खेल आयोजक रुससँग मे १९ तारिखमा र साउदी अरेबीयासँग जुन २५ तारिखमा खेल्नेछ । सलाहकै प्रदर्शनमा इजिप्ट विश्वकपका लागि छनोट भएको हो ।
इजिप्ट २८ वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको हो ।